बिहीबार, माघ १०, २०८१

सुनको मुल्य स्थिर हुँदा चाँदीको मुल्य आकासियो

नेपालखोज २०७७ माघ १६ गते ११:१३

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । बिहीबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९२ हजारमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

Advertisement

तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैंया रहेको छ ।

यस्तै शुक्रबार चाँदीको मुल्य भने ह्वात्तै बढेर १२ सय ८५ रुपैैंया कायम भएको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मुल्य १२ सय ४५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया