आइतबार, जेठ ६, २०८१

दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिने

नेपालखोज २०७७ माघ १६ गते १२:३९

काठमाडौं । सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सहिद दशरथचन्दको जन्मघरमा बिशेष कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइने भएकाले नगरक्षेत्रभित्र बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए ।

बिदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जनाएको छ । सहिद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका –५ बस्कोटमा विशेष कार्यक्रमसमेत गरिने भएको छ ।

प्रतिक्रिया