सडक र कारविहिन सहर बनाउँदै साउदी
साउदी । साउदी अरबले सडक र कारविहिन सहर निर्माण गर्ने घोषणा गरेको छ ।
साउदीका युवराज मोहम्मद बिन सलमानले यस्तो सहरको योजना प्रस्तुत गरेका हुन् ।
तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित सहरको निर्माण गर्न चाहेको हो ।यो सहर १७० किलोमिटर क्षेत्रमा फैलिएको हुनेछ । यसको नाम द लाइन राखिनेछ ।
अब बन्ने सहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र प्रकृति संरक्षण गर्ने साउदी सरकारले विज्ञप्ति जारी गरेर बताएको छ ।
यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरिरहेको छ ।
नयाँ शहरमा लगभग १० लाख मानिस बस्नेछन् । सन् २०३० सम्म तीन लाख ८० हजार रोजगारी पनि यसबाट उत्पन्न हुनेछ । शहरका आधारभूत संरचना निर्माणमा लगभग २०० अर्ब डलर खर्च हुने बताइएको छ ।
प्रतिक्रिया