निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि फेरि बोलाउने
नेपालखोज
२०७७ माघ १६ गते १६:१४
काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा सहभागी नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी बोलाएको शुक्रबारको छलफलमा दाहाल–नेपाल पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ ।
शुक्रबार दाहाल–नेपाल पक्षले अध्यक्षद्वय कार्यक्रमको सिलसिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भए पनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया