आइतबार, जेठ ६, २०८१

विद्युत प्राधिकरणका चार कर्मचारी घुससहित पक्राउ

नेपालखोज २०७७ माघ १६ गते २२:२५

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणका चार कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटेको टोलीले शुक्रवार नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चारजना कर्मचारीलाई पाँच हजार घुससहित नियन्त्रणमा लिएको हो।

कर्मचारीहरुले मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा घुस लिइसकेको अवस्थामा पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।

प्रतिक्रिया