आइतबार, जेठ ६, २०८१

बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

नेपालखोज २०७७ माघ १६ गते २२:३२

धनुषा । ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा शुक्रबार बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको हो ।

ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए ।

प्रतिक्रिया