मंगलबार, जेठ १, २०८१

धनगढी आइपुगे प्रचण्ड

नेपालखोज २०७७ माघ १७ गते १२:०८


धनगढी । प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् ।

प्रचण्ड–नेपाल समूहले शनिवार कैलालीको धनगढीमा अयोजित विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड काठमाडौंबाट धनगढी आइपुगेका हुन् ।

अर्का अध्यक्ष माधव कुमार नेपाल भने शुक्रवार नै धनगढी आइपुगेका थिए । प्रचण्ड–नेपाल समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो ।

उक्त विरोधसभामा ५० हजारको जनसहभागिता हुने प्रचण्ड–नेपाल समूहको आँकलन छ ।

प्रचण्ड–नेपाल समूहको विरोधसभालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको धनगढी प्रहरीले बताएको छ ।

प्रतिक्रिया