मंगलबार, जेठ १, २०८१

नेपाल टेलिभिजन विश्व समुदायमा सफल हुने विश्वास : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०७७ माघ १७ गते १३:१९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनलाई यही सीमित राख्न नचाहेको बताएका छन् ।

शनिबार नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले थप अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलको विकास गरिने जानकारी दिए ।

उनले नेपालीको भावनालाई विश्व सामु पु-याउन पाँच वटा च्यानलमा एक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल थप गर्नुपर्ने बताए । साथै आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री गुरुङले प्रविधि र कार्यक्रम उत्पादन उत्कृष्ट सावित हुँदै गएको नेपाल टेलिभिजनलाई विश्व समुदायमा पहुँच पु-याउन सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘विगतमा जे जस्तो आर्थिक, व्यवस्थापकीय नीति, निर्देशिका, कार्यविधि र कठीनाइ व्यहोर्नुभयो । अब नयाँ ढंगबाट युगान्तकारी काम गर्नुपर्नेछ ।’

नेपाल टेलिभिजनका कर्मचारी र कर्मचारी संगठनले देखाएको सौहार्दपूर्ण व्यवहारको प्रशंसा गर्दै मन्त्री गुरुङले नेपाली पत्रकारिता पञ्चायतकालको जस्तो नभएको बताउँदै सरकारी सञ्चार माध्यमलाई सरकारले कुनै हस्तक्षेप र नियन्त्रणको नीति नलिने उल्लेख गरे ।

प्रतिक्रिया