कांग्रेसले सर्वोच्च अदालतको निर्णयलाई शिरोधार्य गर्ने
नेपालखोज
२०७७ माघ १७ गते १४:०६

गण्डकी । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला मान्य हुने बताएको छ ।
शनिबार प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले प्रतिनिधिसभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका हुन् ।
त्यस्तै उनले कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने समेत बताए ।
लामो समयदेखिको संघर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।
सम्बन्धित
प्रतिक्रिया