निर्वाचन कार्यक्रम स्वीकृतीपछि दल दर्ता नै पहिलो प्राथमिकतामा : निर्वाचन आयोग

काठमाडौं । निर्वाचनको कार्यक्रम स्वीकृत भएपछि दल दर्ताको कामलाई पहिलो प्राथमिकता दिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम स्वीकृत हुनेवित्तिकै निर्वाचन कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम ल्याउने तयारी आयोगकको छ । त्यसमा पनि दल दर्तालाई पहिलो प्राथमिकता राखिने आयोगले जगनगाएको छ ।
‘राजनीतिक दल दर्ता भएपछि मात्र अरु गतिविधि अघि बढ्ने भएकाले सुरुकै कार्यक्रमअन्तर्गत दल दर्ता पर्छ । त्यो अब छिट्टै गर्नुुपर्ने अवस्था छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठ भने ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा रहेको आयोगले छ । निर्वाचन कार्यक्रम स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग भने आयोगन परामर्श गरिसकेको छैन ।
दलहरुसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यतालिका स्वीकृत भएपछि राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आयोगले सूचना जारी गर्ने प्रवक्ता श्रेष्ठले बताए । रासस
प्रतिक्रिया