आइतबार, वैशाख २३, २०८१

राजापुर नगरपालिका बर्दियाका पर्यटकीय गन्तब्यहरु (फोटोफिचर)

नेपालखोज २०७७ माघ १७ गते १६:४२

बर्दिया । बर्दिया जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा आफैँमा सुन्दर र मनोरम पर्यटकीय क्षेत्र हो । राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु प्रति चासो राख्नेहरूका लागि पनि एक अनुपम गन्तव्य हो बर्दिया ।

जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्यहरु मध्ये पनि राजापुर नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु आफैँमा सुन्दर र मनोरम रहेका छन् । यस नगरपालिका भित्र थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यले सजिएको सुन्दर र मनोरम दृश्य, कृषि क्षेत्रले भरिएको समथल फाट, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत थुप्रै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र रहेका छन् ।

यस नगरपालिकामा स्वदेशी तथा विदेशी पर्यटकहरुले छुटाउन नहुने मध्यको एक गन्तव्य हो कर्णाली नदीको गेरुवा घाटमा बनेको नेपालकै लामो पुल । जसको लम्बाइ १ हजार १५ मिटर छ ।

धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित गणेश मन्दिर यस क्षेत्रको मुख्य धार्मिक शक्तिपिठ हो । गणेशको दर्शन गर्दा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । हरेक मंगलवार र माघ महिनामा ठूलो घुइचोका साथ यस गणेश मन्दिरको दर्शन गर्न मानीसहरु विभिन्न जिल्लाबाट आउने गरेको पाइन्छ ।

यस्तै यस नगरको अर्को पर्यटकीय स्थल हो हुलाकि राजमार्ग अन्तर्गत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुल रहेको छ । यस पुलबाट बिश्वमै लोपउन्मुख माछा डलफिन खेलिरहेको सजिलै देख्न सकिन्छ ।

यसका अलवा कर्णाली नदीमा जलयात्रा, मानव निर्मित अर्नहुवाताल, सोनाहा र थारुजातीको सयुक्त संग्रहालय, वडा नम्बर १ मा रहेको नमुना गाउँ, अजिङ्गरको बासस्थान आदी विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?

राजापुर नगरपालिका पुग्न बाँकेको धम्बोझीबाट प्रत्येक २५ मिनेटको फरकमा करिब २ घण्टाको बस र हाईस को यात्रा तथा जिप रिजर्भ गरेर पनि जान सकिन्छ । नगरपालिकाको पर्यटकीय स्थलहरुमा घुम्न जाने पर्यटकको लागि होमस्टे सञ्चालन गरिएको छ ।

प्रतिक्रिया