शुक्रबार, वैशाख १२, २०८२

आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर

नेपालखोज २०७७ माघ १७ गते १८:३०

काठमाडौं । निर्यात व्यवसायी महासंघले आउँदो तीन वर्षमा नेपालको निर्यात दोब्बर पार्ने गरी काम भैरहेको जनाएको छ ।

आज काठमाडौंमा भएको प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनीतिक योजना तयार पारेको जानकारी दिएको हो ।

अबको तीन वर्षमा नेपालको निर्यात एक खर्बबाट २ खर्बमा पुर्‍याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब निर्यात पुर्‍याउने लक्ष्य राखेको महासंघका अध्यक्ष रामबहादुर गुरुङले बताए। उनले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तरक्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको पनि बताए ।

अध्यक्ष गुरुङले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुदृढ गर्न प्रतिवद्ध रहेको पनि बताए । निर्यात बढाउनका लागि सरकार र व्यवसायीको बीचमा महासंघले आवश्यक समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको अध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया