बिहीबार, माघ ३, २०८१

माइतीघरको धर्नामा प्रचण्ड–नेपाल सहभागी हुँदै

नेपालखोज २०७७ माघ १८ गते ११:५५

काठमाडौं । संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (आइतबार) माइतीघरमा गर्न लागेको धर्नामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने भएका छन् ।

Advertisement

मध्याह्न १२ बजे नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल धर्नामा कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध गत बुधबारदेखि माइतीघर मण्डलामा धर्ना गरिरहेको छ ।

त्यसमा आज प्रचण्ड र नेपाल पनि सहभागी हुन लागेका हुन् ।

‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा जारी धर्नामा आज १२ बजे नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै हुनुहुन्छ, ’रिजालले भनेका छन् ।

प्रतिक्रिया