गरिमा विकास बैंकद्वारा नयाँ कर्जा सुविधाहरु सार्वजानिक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो ।
कोभिड १९ को विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भन्ने उदेश्यले बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।
दुबै कर्जा सुविधाहरु ८.८८५ ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत ‘Garima Easy SME Loan’ मा लगानी गर्न सकिने बैंकले जनाएको छ।
त्यस्तै कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म ‘Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०५ सम्म छुट सुबिधा पाउन सकिने छ ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।
प्रतिक्रिया