शनिबार, माघ ५, २०८१

सरकार पाकेको फलझै झर्छ : झलनाथ खनाल

नेपालखोज २०७७ माघ १८ गते १५:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।

Advertisement

काठमाडौंको माइतीघर मण्डलमा आइतबार प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा गरेको धर्ना कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताउँदै सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।

नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुनर्स्थापना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया