सोमबार नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलायो
नेपालखोज
२०७७ माघ १८ गते १६:२८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै लगेको छ । जसअनुसार थप सशक्त कदम चाल्ने र विषयमा बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
उनका अनुसार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्वाक्वेटमा बैठक बस्ने छ । बैठकमा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको संघर्षका कार्यक्रमको समीक्षासमेत गरिने र उनले बताइन् ।
सम्बन्धित
प्रतिक्रिया