शनिबार, माघ १२, २०८१

पोखराकी एलिना गुरुङ बनिन् पहिलो नेपाल स्टार

नेपालखोज २०७७ माघ १८ गते १७:०१

काठमाडौं । पोखराकी एलिना गुरुङ गायन रियालिटी शो नेपाल स्टारको विजेता भएकी छन्।

Advertisement

शनिबार काठमाडौंमा हिजो सम्पन्न ग्रान्ड फिनालेमा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्।

दर्शकको भोटको आधारमा विजेताको टुंगो गरिएको थियो।

गुरुङले उपाधिसँगै ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएकी छिन्।

उक्त सोको उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जम लामा र लक्ष्मण लिम्बुले भने जनही पाँच लाख रूपैयाँको चेकसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन्।

उक्त रियालिटी सोमा रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्री जज थिए।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्ट लगायतले उनीहरूलाई पुरस्कार रकमको चेक हस्तान्तरण गरेका हुन्।

उक्त सोको अडिसन २०७६ पुस तेस्रो साताबाट सुरु भए पनि कोरोना भाइरस कोभिड–१९ संक्रमणको महामारीका कारण गत चैतदेखि स्थगित भएको थियो ।

असोज पहिलो साताबाट सो पुनः सञ्चालनमा आएको थियो।

प्रतिक्रिया