भोलि राति सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्ने
नेपालखोज
२०७७ माघ १८ गते १८:४५
काठमाडौँ । नेपाली सेनाको बख्तरबन्द गाडीले भोलि (सोमबार) राति चक्रपथ परिक्रमा गर्ने भएका छन् । बख्तरबन्द अर्थात् हातहतियारले सुसज्जित सैन्य सवारीसाधनको यो नियमित अभ्यास हुन लागेको हो ।
अभ्यासका लागि १० बख्तरबन्द गाडीले उपत्यकाको चक्रपथ (रिङरोड) चक्कर लगाउने योजना छ । सेनाको नियमित अभ्यासअनुसार यस्तो गर्न लागिएको प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्विटरमार्फत जनाएका छन् ।
पौडेलका अनुसार माघ २१ गते आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट पनि देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना छ । बख्तरबन्द गाडी सेना दिवस तथा शान्ति सेनामा पनि प्रयोग गरिन्छ । बख्तरबन्दको अवस्था के कस्तो छ भनी परीक्षण गर्न अभ्यास गर्ने गरिन्छ ।
सम्बन्धित
प्रतिक्रिया