मंगलबार, वैशाख १६, २०८२

मोहम्मद सलाहको दुई गोलमा लिभरपुलको सहज जित

नेपालखोज २०७७ माघ १९ गते ११:३२


एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित आत्मसात गरेको छ ।

वेस्ट ह्यामको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलको थप एक गोल जर्जिन्हो वाइनाल्डमको नाममा रह्यो । घरेलु टोलीका क्रेइग डावासने एक गोल फर्काए ।

घरेलु टोलीलाई लिभरपुलले खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले कर्टिस जोन्सको पासमा गोल गरेका थिए ।

६८औं मिनेटमा सलाहले जद्रान शाकिरीको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा रोबर्टो फिर्मिनोको पासमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए । ८७औं मिनेटमा क्रेइग डावासनले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यो जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको २१ खेलबाट ४० अंक पुगेको छ ।शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ४४ तथा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडो ४१ अंक छ । पराजित वेस्ट ह्याम ३५ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया