संवैधानिक परिषद्को पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति
काठमाडौं । संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।
आइतबार सभामुख अग्नि सापकोटाले संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेश गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र फिर्ता पठाएका थिए ।
सोमबार राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् ।
‘संसदीय सुनुवाइ सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको सम्बन्धमा’ भएको पत्राचार, अधिकारक्षेत्र र त्यसमा प्रयुक्त व्यहोरा प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् ।
संघीय संसद् एक सदनात्म नभएको स्मरण गराउँदै प्रतिनिधिसभा र राष्ट्रिय सभा समान हैसियतको भएको उनले बताए ।
तिमिल्सिनाले प्रेस नोट जारी गर्दै संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति भएकाले सभामुखले मात्र निर्णय गर्न नसक्ने उल्लेख गरेका छन् ।
प्रतिक्रिया