आइतबार, वैशाख २३, २०८१

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा

नेपालखोज २०७७ माघ १९ गते १७:३५

काठमाडौं । एभरेष्ट बैंकको एक सय १ शाखा धादिङको धार्केमा खुलेको छ । बैंकले फराकिलो आन्तरीक तथा विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र उत्कृष्ट बैकिङ्ग सेवाहरु प्रदान गर्न आफ्नो शाखा विस्तार गर्दै आइरहेको छ ।

सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । यसै सन्र्दभमा धादिङको धुनिबेसि नगरपालिका धार्केमा १०१ औं शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्तरुपमा उद्घाटन गरेका छन ।

बैंकको यो नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरु, विभिन्न क्षेत्रका प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थिति रहेको थियो ।

हाइवेसंगै रहेको यस शाखामा एटिएम सेवा २४ घन्टा खुल्ला रहने बैंकले जनाएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया