शनिबार, वैशाख १५, २०८१

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा सय रुपैयाँ बोनस

नेपालखोज २०७७ माघ १९ गते १९:०६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सय रुपैयाँ बोनस र सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् ।

ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैंकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने बैंकले जनाएको हो ।

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाइल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरेपश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्ने पनि जनाइएको छ । साथै, बैंकका ग्राहकहरुले वस्तु तथा सेवा खरिदपश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया