चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न प्रचण्ड–नेपाल निर्वाचन आयोगमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
मंगलबार बिहान पौने १० बजे नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका हुन् ।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड–नेपाल पक्षको माग छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यसअघि ओली र प्रचण्ड–नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर, आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको थियो, तर त्यसले कानुनी मान्यता पाएको छैन ।
प्रतिक्रिया