मंगलबार, माघ १, २०८१

जोएल मातिपले बाँकी सबै खेल गुमाउने

नेपालखोज २०७७ माघ २० गते १३:१६

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका सेन्टर–ब्याक जोएल मातिपले यस सिजनका बाँकी सबै खेल गुमाउने भएका छन् ।

Advertisement

उनले गोलीगाँठोको लिगामेन्टमा लागेको चोटका कारण यो सिजनका बाँकी खेल खेल्न नसक्ने भएका हुन् ।

क्यामरुनको राष्ट्रिय टिमका पूर्व खेलाडी २९ वर्षे मातिप बिहीबार टोटनह्याममाथिको ३–१ को जितको क्रममा चोटग्रस्त भएका हुन् ।

लिभरपुलका भर्जिल भान डिजेक र जो गोमेज पनि चोटका कारण मैदान बाहिर छन् । तीन महत्वपूर्ण खेलाडी चोटग्रस्त भए पनि अझै लिभरपुलको रक्षापंक्तिमा उत्कृष्ट खेलाडीको कमी छैन ।

प्रतिक्रिया