पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा दाहाल-नेपाल समूहको लिखित पत्र पेस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ । प्रचण्डनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेतासहित आफूहरुले आयोग पुगेर आधिकारिकता दाबी गरेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिए ।
हिजो बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिएको नेता पोखरेलले बताए । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने बताउँदै आएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेका थिए। त्यसलगत्तै नेकपा औपचारिक रुपमै दुई समूहमा विभाजित भएर गतिविधि अघि बढाएका छन् ।

प्रतिक्रिया