‘आगामी वर्षदेखि विद्युत् किन्नुपर्दैन’

नेपालखोज २०७७ माघ २० गते १५:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि विद्युत् किन्नु नपर्ने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० के.भी. सबस्टेसन र विश्व बैंकको ऋणमा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न २२०-१३२ के.भी. ढल्केबर सवस्टेसनको उद्घाटन गर्दै आगामी वर्षदेखि विद्युत किन्नु नपर्ने स्थिति बन्ने बताएका हुन् ।

भारत र बंगलादेशलाई विद्युत् बेच्नका लागि गम्भीर छलफल भइरहेको समेत उनले बताए ।

प्रधानमन्त्री ओलीले प्राविधिक कारण कहिलेकाहीँ विद्युत् जाने भए पनि लोडसेडिङ नभएको पनि बताए । प्राविधिक समस्या समाधानका निम्ति सबस्टेसनहरू बनिरहेको पनि जानकारी दिए ।

उद्योगधन्दा, कलकारखाना र व्यवसाय सञ्चालनका निम्ति आवश्यक जति विद्युत् पनि उपलब्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रिया