नेप्से २५ सय अंक नजिक, ६५ अंकले बढ्दा आठ अर्ब ५९ करोडको सेयर किनबेच

नेपालखोज २०७७ माघ २० गते १५:३७

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ । अघिल्लो दिन ३७ अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज (मंगलबार) ६५ दशमलव ४९ अंकले बढेर २४ सय ७३ दशमलव ७३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव एक अंकले बढेर ४ सय ५१ दशमलव ३८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय वटा कम्पनीहरुको ७४ हजार ७ सय १५ पटकको कारोवारमा १ करोड ५३ लाख २५ हजार ६ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९ सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सूचक ६२ अंकले घटेर बाँकी समुहको सूचक उच्च अंकले बढेका छन । तिमध्ये वाणिज्य बैंक समुहको सूचक ३३ दशमलव ७१ अंकले बढेर १७ सय २३ दशमलव ३७ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सूचक ६ सय २६ दशमलव २ अंकले बढेर १३ हजार ४८ दशमलव ४९ अंकमा पुगेको छ ।

त्यसैगरी जीवन बीमा समुहको सूचक पनि ५ सय ९४ दशमलव २४ अंकले बढेर १८ हजार ३ सय ३५ दशमलव ८० अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सूचकहरु पनि बढेका छन ।

आज युनाईटेड इन्स्योरेन्स कम्पनीको प्रतितिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ९३ रुपैयाँमा कारोवार हुँदा ओरन्टल होटज समुहको प्रतिकित्ता सेयर मुल्य भने तीन दशमलव ७७ प्रतिशतले घटेर पाँच सय १० रुपैयाँमा कारोवार भएको छ । आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ५६ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड ४२ लाख २९ हजार नौ सय ५९ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया