शनिबार, माघ १२, २०८१

कोरोना अपडेट : २४ घण्टामा मात्र एक जनाको मृत्यु, १७१ संक्रमित थपिए

नेपालखोज २०७७ माघ २० गते १६:५२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मात्रै मृत्यु भएको छ । देशभरबाट आज १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।

Advertisement

त्यस्तै विगत २४ घण्टामा २ हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २५९ जना संक्रमणमुक्त भएका छन् । आज देशभरबाट थप २५९ ज ना डिस्चार्ज भएसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ४०० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया