प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेसी सर्यो
नेपालखोज
२०७७ माघ २० गते १६:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको पेसी सरेको छ ।
मंगलबार न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्चले जनाएको छ । प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले सोमबार अदालतको अवहेलनाको निवेदन दर्ता गरेका थिए ।
निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया