उपप्रधानमन्त्रीसँग राजदूत पोलिटको शिष्टाचार भेट
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरलसँग नेपालका लागि सयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले शिष्टचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनिहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिए।
उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको तर्पmबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरे।
सो अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आउँदो २०२१ को नोभेम्बरमा संयुक्त अधिराज्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया