भोलिदेखि ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने
नेपालखोज
२०७७ माघ २० गते २१:०६

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार (भोलि) देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ ।
यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया