आइतबार, वैशाख ७, २०८२

आजको मौसम कस्तो छ ?

नेपालखोज २०७७ माघ २१ गते ८:२६

काठमाडौं । बुधबार देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने अन्य भूभाग सामान्यतया सफा रहेको छ । अहिले तराईका अधिकांश भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको देखिएको छ ।

यसैगरी, आज दिउँसो देशको देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। त्यस्तै पहाडी भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया