इंग्लिस प्रिमियर लिग : साउथह्याम्पटनमाथि म्यानचेस्टरको नौ गोल
नेपालखोज
२०७७ माघ २१ गते १०:४०
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ९० गोलले पराजित गरेको छ । युनाइटेडले घरेलु मैदानमा साउथ ह्याम्पटनलाई ९–० ले पराजित गर्यो । लिगमा यो कीर्तिमान अन्तरको जित हो । खेलको अन्त्यमा साउथह्याम्पटन नौ खेलाडीमा सीमित रहेको थियो ।
युनाइटेडको जितमा एन्थोनी मार्सियालले दुई गोल गर्दा आरोन वान बिशाखा, मार्कुस रासफोर्ड, इडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र ड्यानियल जेम्सले गोल गरे । एक गोल उपहार पाएको थियो ।
जितपछि ओले गन सोल्सारको टिमको ४४ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीकै बराबरी हो ।
सम्बन्धित
प्रतिक्रिया