प्रचण्ड-नेपालले समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दै
नेपालखोज
२०७७ माघ २१ गते १२:३६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको हो ।
यस विषयमा बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिने एक नेताले जानकारी दिए । आमहड्तालमा यातायात र बजार बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन भएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र सपथविरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ । अहिले पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ।,’ प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले भने ।
सम्बन्धित
प्रतिक्रिया