आत्मालोचना गरी पार्टीमा फर्कन प्रचण्ड–नेपाललाई गृहमन्त्रीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक रुपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघको सातौ भेलाई बुधबार सम्बोधन गर्दै गृहमन्त्री बादलले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमा लागेको भन्दै प्रचण्ड–नेपाल समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन् ।
नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अब पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरेका छन् ।
त्यस्तै विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको समेत उनले बताए ।
आफुहरु नै आधिकारीक नेकपा भएको भन्दै निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन समेत दिए ।
प्रतिक्रिया