बुधबार, माघ २, २०८१

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी थापा कोटेश्वरबाट पक्राउ

नेपालखोज २०७७ माघ २१ गते २०:४४

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन । महानगरीय अपराध महाशाखा मिनभवनका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ ईमाडोल बस्ने वर्ष ५५ वर्षिया मणिकुमार थापा बैैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुुन ।

Advertisement

प्रहरी उपरीक्ष कोईरालका अनुसार थापाले घर जग्गाको काम गर्दे आएका थिए । सोहि सिलसिलामा विभिन्न व्यक्तिहरुसँग रकम लिई सो वापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क विहिन हुने गरेको साथै विभिन्न प्रहरी कार्यालयहरुमा उनिविरुद्द बैंकिङ कसुर मुद्दा चलि रहेको र थापा फरार रहेको भन्ने सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएको थियो, प्रहरी उपरीक्षक कोईरालले भने ।

सो पश्चात थापालाई खोजतलास गर्ने क्रममा मंगलबार काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा महानगरीय प्रहरी परिसर काठमाडौं महानगरिय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत सातदोबाटोमा बैंकिङ कसुर मुद्दामा फरार रहेको भन्ने खबर प्राप्त भएकोमा आवश्ययक कारवाहीका लागी महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएका छौं, प्रहरी उपरीक्षक कोईरालाले भने ।

प्रतिक्रिया