प्रचण्ड– नेपाल समूहका ७७ नेता तथा कार्यकर्ता पक्राउ
नेपालखोज
२०७७ माघ २२ गते ९:३४
काठमाडौं । आज प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण सडक सुनसान जस्तै बनेका छन् । सडक अवरोध गर्दै नेता तथा कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन् ।
निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले सडकमा निस्किएका ७७ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेकाे छ । काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरिएकाे हाे ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार गरी पक्राउ परेका उनीहरूलाई नजिकैको प्रहरी कार्यालयमा राखिएको छ ।
गृह मन्त्रालयले बुधबारै सूचना जारी गरेर सडकमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गर्ने भनेको थियो । सोही अनुरुप प्रहरीले बिहान २ बजेदेखि नै उपत्यकामा सादा पोशाकका प्रहरी टोली खटाएर निगरानी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया