कीर्तिपुरको यो अवस्था (फोटोफिचर)
कीर्तिपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा जारी आमहड्तालको प्रभाव कीर्तिपुरमा पनि देखिएको छ ।
प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेपछि त्यसविरुद्ध आज (बिहीबार) आमहड्तालको घोषणा गरेको हो ।

उक्त समूहले घोषणा गरेको आमहड्तालका कारण कीर्तिपुरबाट लामो तथा छोटो दूरी भएर चल्ने सार्वजनिक यातायात ठप्प भएको नेपालखोजका सम्वाददाता पुष्प भट्टले जानकारी दिएका छन् ।
‘कीर्तिपुरमा बिहीबार बिहानदेखि सार्वजनिक यातायात चल्न सकेको छैन भने निजी र मोटरसाइकलहरु भने फाट्टफुट्ट चलेको छ । यसैगरी खाद्ययन्न र कपडाका केही पसलहरु खुलेको छ ।’

यता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता सडक अवरोध गर्दै नाराबाजी गरिरहेका छन् ।

निर्वादरुपमा हिँड्न अवरोध गरेको भन्दै प्रहरीले सडकमा निस्किएका ७७ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाई पक्राउ गरिएको हो ।
फोटो : पुष्प भट्ट







प्रतिक्रिया