शनिबार, जेठ ५, २०८१

हड्ताल सफल बनाउन हिँडेका वीरगञ्ज महानगरपालिकाका अध्यक्षसहित ८ जना पक्राउ

नेपालखोज २०७७ माघ २२ गते ११:१०

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका ८ जना नेता तथ कार्यकर्तालाई प्रहरीले वीरञ्जबाट पक्राउ गरेको छ ।

पार्टीले घोषणा गरेको आमहड्ताल सफल बनाउन सडकमा निस्किएका वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुपतासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहले सरकारले असंवैधानिक ढंगले संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेपछि त्यसविरुद्ध आज (बिहीबार) आमहड्तालको घोषणा गरेको हो ।

प्रचण्ड–नेपाल समूहले घोषणा गरेको हड्तालका कारण काठमाडौं उपत्यकासहित देशभर प्रभाव परेको छ ।

प्रतिक्रिया