केपी ओली चुनावको बाँसुरी बजाउँदै छन् – वर्षमान पुन (भिडियोसहित)
नेपालखोज
२०७७ माघ २२ गते १२:११
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले देश संकटमा परेको समयमा जनता आन्दोलनमा निस्कँदा उनीहरुमाथि दमन गरको आरोप लगाएका छन् ।
नेकपा प्रचण्ड–माधव समूहको आमहड्तालका क्रममा चावहिलमा आएका नेता वर्षमान पुनले भने, ‘नेपाली कांग्रेसदेखि लिएर आम जनता आन्दोलनमा छन्, नागरिक आन्दोलनमा रहेका बेला उनीहरुमाथि दमन गरेर केपी ओलीले ज्यादती गरेका छन् । यो लोकतान्त्रिक शासन हो । देश जलिरहेको छ । उनी भने चुनावको बाँसुरी बजाइरहेका छन्, दमनको बाँसुरी बजाइरहेका छन् ।’
केपी ओली अब सच्चिनु पर्छ, नसच्चिए जनताले उनलाई फ्याँक्ने चेतावनी पनि नेता पुनले दिएका छन् । असंवैधानिक नियुक्ति गरेर सरकारले कानून मिचेको मिच्यै गरेकाले यो रोक्नका लागि आन्दोलन गरिएको पनि बताए ।
नेता वर्षमान पुनको भनाई जस्ताको जस्तै हेर्नुहोस्
सम्बन्धित
प्रतिक्रिया