आइतबार, जेठ ६, २०८१

‘ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट मुलुकलाई बचाउनुपर्ने अवस्था आयो’

नेपालखोज २०७७ माघ २२ गते १४:१३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत ढंगले अगाडि हिँडाउनको लागि आमहड्ताल गरिएको बताएकी छन् ।

नेतृ श्रेष्ठले बिहीबार नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत ढंगले अगाडि हिँडाउनको लागि आमहड्तालको आह्वान गरिएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट मुलुकलाई बचाउनुपर्ने अवस्था आएको पनि बताइन् ।

नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको जिकिर गरिन् । संविधानअनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्व बढ्ने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया