कपास उद्योगमा आगलागी हुँदा एक करोड भन्दा धेरैको नोक्सान
नेपालखोज
२०७७ माघ २२ गते १४:२३

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १० किसनडोलमा कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको नोक्सान भएको छ ।
मेसिन तातेर आगो निस्किएको र त्यसैबाट आगोलागी भएको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरीभक्त महर्जनले जानकारी दिए। आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा गएराति नै आगोलाई नियन्त्रणमा लिइएको छ ।
सतुंगलबाट बोसिगाउँ जाने बाटोमा पर्ने खुसीखुसी बस्तीको नजिकै नविन श्रेष्ठले संचालन गरेको कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकलको प्रयोग गरिएको नगरपालिकाका प्रवक्ता महर्जनले बताए।
सम्बन्धित
प्रतिक्रिया