जनकपुरमा प्रहरीको गोली चल्यो, नेता रामचन्द्र झासहित ११ जना घाइते
नेपालखोज
२०७७ माघ २२ गते १४:४६
धनुषा । धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।
बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनु परेको जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिए। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको एसपी रानाभाटले बताए।
तर प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका उनले बताए। झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया