आइतबार, जेठ ६, २०८१

टेलिकमका कर्मचारीले अनिवार्य रुपमा २० महिना जिल्ला बाहिर काम गर्ने नीति बनाऔंः सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०७७ माघ २२ गते १४:४८

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमका कार्मचारीले काठमाडौंमा मात्र नभएर अनिवार्यरुपमा अन्य जिल्लामा पनि गएर कम्तीमा २० महिना काम गर्नुपर्ने बताएका छन् ।

टेलिकमको वार्षिकोत्सव समारोहमा बोल्दै गुरुङले कर्मचारीको काम गर्ने शैली नसुध्रियसम्म टेलिकम प्रतिष्प्रर्धी कम्पनी बन्न नसक्ने बताएका हुन् ।

उनले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टीसमेत व्यक्त गरे। टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालय भद्रकालीमा बिहीबार आयोजति कार्यक्रममा उनले नेपाल टेलिकमका कर्मचारीलाई नयाँ सोच बनाएर अघि बढ्न सुझाव दिए ।

उनले अहिले सुझावमात्र दिए पनि पछि आवश्यक परे निर्देशन दिन पनि सकिने पनि बताए ।

गुरुङले फिल्डमा जाँदै नजाने गर्दा वस्तु स्थिति बुझ्न अप्ठेरो हुने हुँदा कार्यविधि बनाएर एकपटक भए पनि फिल्डमा जानै पर्ने नियम बसाल्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै टेलिकम प्रतिस्पर्धामा नेतृत्वदायी कम्पनी बन्न सकोस् भनी उनले शुभकामना पनि दिए । सरकारको संरक्षण प्रप्त कम्पनी भएकोले यसको सफलताको निम्ति सरकारबाट सधैं समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दछु भनी उनले टेलिकमलाई ढाडस पनि दिएका छन् ।

दूरसन्चार सेवाले सबैलाई एकैपटक सङ्गठित बनाउन सक्ने उल्लेख गर्दै मन्त्री गुरुङले जुन व्यावसायिक लक्ष्यका साथ टेलिकमलाई कम्पनीमा रुपान्तरण गरिएको थियो, उक्त लक्ष्य पुरा गर्न मन्त्रालय कटिबद्ध रहेको पनि उनले जिकीर गरे ।


जनताको विश्वास जित्न रणनीति र प्रभावकारी कदम आवश्यक छ, त्यसका लागि टावर बनाइदिनुपर्छ टावरहरु बनाउन पहल गर्नुपर्दछ र टेलिकमले जनता र टेलिकमको भाषामा ग्राहक वर्गको आवश्यकतालाई मध्य नजर गरी अगाडि बढ्न समेत सबैमा उनले अनुरोध एवं अपील गरेका छन् ।

कम्पनीमा रणनीतिक साझेदार भित्र्याउने सन्दर्भमा सुरुमा लगानीको कुरा आए पनि अब स्ट्राटेजिक म्यानेजमेन्ट पार्टनर ल्याउनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।

फोरजीको लगानी र त्यसको प्रभावकारिता कति रह्यो त्यो हेर्नुपर्छ, यो आर्थिक वर्षमै फाइभजीमा जानका लागि तयारी गरी हामी अघि बढ्ने हो भने अन्य कम्पनीसँग प्रतिष्पर्धामा जान सजिलो हुनेमा उनको जोड थियो ।

कम्पनीलाई दीगो बनाउन जनताको सहभागिता चाहिन्छ । जनतालाई पनि मालिक बनाउने शेयर संरचनाको नीतिमा फरक ल्याऔं , जनताले त्यसको मालिक भएको अपनत्व लिन पाउन् ।

ग्राहकलाई पनि मालिक बनाउने विषयमा छलफल चलोस् भनी उनले टेलिकमलाई शुभांससा व्यक्त गरे । फ्रिक्वेन्सिलाई उपयोग विहीन बनाइएको प्रति समेत मन्त्री गुरुङले चासो व्यक्त गरे ।

प्रतिक्रिया