शनिबार, जेठ ५, २०८१

बर्दिबासमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप, वडाध्यक्ष राजन ढुंगाना घाइते

नेपालखोज २०७७ माघ २२ गते १५:१८

महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रहरी र प्रचण्ड–नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

झडपमा बर्दिवास नगरपालिका–३ का वडाध्यक्ष राजन ढुंगाना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि दुई पक्षबीच झडप भएको थियो । यता सडकखण्ड खुलाउने क्रममा सामान्य झडपमात्रै भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुंगाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । वडा नम्बर–३ का अध्यक्ष ढुंगानाको टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया