शुक्रबार, वैशाख १४, २०८१

टोटेनहेम र चेल्सीको घम्साघम्सी हुँदै

नेपालखोज २०७७ माघ २२ गते १६:५८


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति टोटेनहेम र चेल्सीको घम्साघम्सी हुँदै छ । सो खेल टोटेनहेमको मैदानमा हुँदैछ । खेल नेपाली समय अनुसार राति १४५ बजे शुरु हुनेछ ।

दुबै टमेली जित निकाल्ने दाउमा हुनेछन् । उनीहरु दुबैको लक्ष अंक तालिका सुधार रहनेछ । २० खेलमा ३३ अंक जोडेर सातौं स्थानमा रहेको टोटनको जोड थप अंकको लागि हुनेछ भने २१ खेलमा ३३ अंक जोडेर आठौं स्थानमा रहेको चेल्सी अरु अंक थपी गेम सुधारको लक्षमा रहनेछ । उस्तै अंक रहे पनि आजको रातको खेल घम्साघम्सी रहनेछ ।

प्रतिक्रिया