आज नारायणहिटीमा शक्ति प्रदर्शन गर्दै ओली समूह
नेपालखोज
२०७७ माघ २३ गते ८:३४
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शक्ति प्रदर्शन गर्नेभएकाे छ ।
ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेको हो । सभामा ३ लाख कार्यकर्ता उतार्ने ओली समूहकाे दाबी छ ।
ओली समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा (प्रचण्ड-माधव र ओली समूह)मा विभाजन भएको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया