आइतबार, जेठ ६, २०८१

‘चक्रपथमा सेनाका बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैन’

नेपालखोज २०७७ माघ २३ गते १०:२१

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक अध्यक्ष माधवकुमार नेपालले रिङरोड (चक्रपथ) मा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने बताएका छन् ।

शुक्रबार ललितपुरको सानेपास्थित एक होटलमा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेता नेपालले केही दिनअघि राति काठमाडौंको चक्रपथमा सेनाका गाडी घुमाइएको घटनालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसरी तर्साउने कोसिस नगर्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन ।’

प्रतिक्रिया