बुधबार, वैशाख १२, २०८१

राजमौली भर्सेज बोनी कपूर

नेपालखोज २०७७ माघ २३ गते १०:२७

काठमाडौं । दशहरा वीकेण्डमा रिलीज भइरहेको मैदान र आरआरआर को क्ल्याशलाई लिएर बोनी कपूर र एसएस राजामौलीको बीचमा विवाद बढेको छ ।

राजामौलीको पूरा विवादमा एकातर्फ कुनै रिएक्शन आएको छैन भने अर्कोतर्फ बोनी कपूरले एक तेलेगू न्यूज पेपरलाई दिएको अन्तर्वार्तामा राजामौलीलाई एक अनपेफेसनल फिल्ममेकर बताएका छन् ।

त्यति मात्रै होइन, उनले राजामौलीविरद्ध उनकी श्रीमती श्रीदेवीविरुद्ध बेकारको कुरा गरेको आरोप लगाएका छन् । बोनीले भने, ‘राजामौली त्यस्ता एक अन प्रोफेशनल फिल्म मेक हुन्, जसलाई सिनियर फिल्म पर्सन्यालिटिजलाई कसरी सम्मान गनुपर्छ त्यो थाहा छैन ।’

बोनीले उनको फिल्ममा श्रमिती श्रीदेवीले बाहुबलीमा शिवगामीको भूमिका किन ननिभाएकी थिइन् भन्ने कुरा पनि बताए ।

उनले भने, श्रीदेवीलाई स्क्रिप्ट मन परेको थियो, र उनले आफ्नो इनपुट पनि दिएका थिए,राजामौलीले मलाई म्यासेज गरेर श्रीदेवीको इनपुट राम्रो रहेको पनि बताएका थिए, तर जब श्रीदेवीले पारिश्रमिक कम भएको बताए, तब राजामौलीले बेकारको कुरा गरे, श्रीदेवी ठूलो स्टार थिइन्, उनी कसरी थोरै पैसामा काम गर्न सक्थिन् ।

गत हप्ता राजामौलीले आरआरआर फिल्म यसै वर्षको १३ अक्टोबरमा रिलीज हुने बताए । तर बोनी कपूरले ६ महिना पहिल्यै अजय देवगण स्टारर फिल्म मैदानको रिलजि डेट १५ अक्टोबर तोकेका थिए ।

फिल्म आरआरआरमा जूनियर एनटआिर, राम चरण र अजय देवगणकै भूमिका रहेको छ । त्यसैले बोनी कपूरले आफूलाई नसोधी फिल्मको रिलीज डेट तोकेकोमा आपत्ति जनाए ।

प्रतिक्रिया