आइतबार, जेठ ६, २०८१

केन्द्रीय कार्यसमिति बैठक बोलाउन रामचन्द्र पौडेलको माग

नेपालखोज २०७७ माघ २३ गते १०:५१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेका छन् ।

संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन वरिष्ठ नेता पौडेलले सभापति देउवालाई फोन गरेर कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् ।

तनहुँमा रहेका पौडेलले भने‘केपी ओलीले यत्रो उपद्रो गर्दा पार्टी चुप लागेर बस्न हुन्न, एकातिर चुनाव पनि भन्ने, अर्कोतर्फ संवैधानिक आयोगमा असंवैधानिक बाटोबाट पदाधिकारी नियुक्ति गर्ने, हजारौं कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने ? यो गम्भीर विषयमा छलफल गर्नुपर्छ भनेर मैले सभापतिसँग बैठकको माग गरेको हुँ ।’ सभापति देउवाबाट प्रष्ट जवाफ नआएको उनले बताए ।

प्रतिक्रिया